News

हरिपूर्वामा मोटरसाइकल दुर्घटनामा परि २ जना मृत्यु

  • सदाम हुसैन
    सर्लाही, १७ चैत । सर्लाहीको हरिपूर्वामा बिहीबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुवै जना रानिगन्जका रहेका खुलेको छ । दुर्घटनामा लालबन्दी नगरपालिका–१७, रानिगन्ज ९साबिक रानिगन्ज ५० बस्ने खुशिलाल महतोको छोरा करिव २५ वर्षका प्रमेश्वर महतो र सोही ठाउँका देवबहादुर काफ्लेको छोरा करिव ५५ वर्षका रामकृष्ण भन्ने चरित्रबहादुर काफ्लेको मृत्यु भएको हो । दुवै मृतकका परिवार घटनास्थलमा पुगेर शवको पहिचान गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । बिहीबार अपरान्ह ४ बजेतिर हरिपूर्वा ३ धनकौल पूर्वारीस्थित सडकमा भारततर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्वरको मोटरसाइकल आफै अनियन्त्रत भई सडकबाट तल खेतमा खस्दा महतो र काफ्लेको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको सुरुमा परिचय नै खुल्न सकेको थिएन । प्रहरी टोली गएर सोधखोज गरी बिहीबार साँझ अबेर मृतकको परिचय खुलाएको हो । मृतक दुवैको शव घटनास्थलको प्रकृति मुचुल्का गरी राति अबेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याइएको छ । सर्लाही प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीले तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जस्तो देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए । धनकौल पूर्वारीस्थित सो स्थानको पिच सडकमा मोड रहेको र सो मोडमा बारम्बार सवारी दुर्घटना भइरहेका स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *