News

सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो

  • सदाम हुसैन

सर्लाही, ०९ माघ । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा हरिपूर्वा नगरपालिका–९, बस्ने ३४ वर्षीय जोगी राय यादवको मृत्यु भएको हो । हरिपूर्वा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चलाइरहेका यादव गम्भीर घाइते भएका थिए । उनलाई जनकपुरमा सामान्य उपचारपश्चात थप उपचार गर्न काठमाडौतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । दुर्घटनामा परेको मोटरसाइकल भारतीय नम्वर प्लेटको भए पनि नम्वर भने स्पष्ट हुन नसकेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *