हामी भरिया हौं, जिम्मेवारीको भारी बोकाउनुस् : बिरेन्द्र सिहं
सर्लाही,२६ कार्तिक । सर्लाही क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका काग्रेस उम्मेदवार बिरेन्द्र सिहंले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको र जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् । आफूले जहिल्यै पनि जनताको सेवाका लागि राजनीति गरेको भन्दै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने बताए । घरदैलो अभियानको क्रममा सिहंले आफु जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी आउने ठोकुवा गरे । ’पार्टीका लागि जिन्दगी होइन, जिन्दगीका लागि पार्टी हो’, सिहंले भने, ’कसले कहाँ भोट हाल्यो यो महत्वपूर्ण होइन। महिला र किसानको जिन्दगीका लागि नेपाली काग्रेंस लाई विजयी बनाउनुपर्दछ ।’जनताले एक पटक निर्वाचित गरेर पठाएपछिको विकास र परिवर्तनमा जनताले प्रत्यक्ष महसुस गरेको उनले सुनाए ।