LatestNewsPolitics

सर्लाही क्षेत्र न-२(ख) मा पुराना उमेदवारको भन्दा चौधरीको क्रेज बढ्दै

सर्लाही,१८ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा विभिन्न पार्टीका नेताहरु मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्न विभिन्न तरिकाले प्रचार प्रसारमा उत्रिएका छन् । तर मंसिर ४ गते हुने प्रदेश सभाको चुनावमा सर्लाही क्षेत्र न–२ (ख) का जनताहरुको झुकाव समाजसेवी नेता मेथुर चौधरीतर्फ रहेको देखिएको छ । सो क्षेत्रबाट चुनाव लडेका अन्य नेताहरु आफुहरुको भोंट तान्न विकासको नाममा झुठो आश्वासन मात्र बाँँडिरहेको स्थानीय जनताहरुले बताएका छन् । विगत लामो समयदेखि समाजिक सेवामा सकृय रहेका चौधरीको सर्वसाधारण नागरिकहरु प्रतिको अथाह प्रेम र समर्पण भावकै कारण यस क्षेत्रका जनताहरुले उहाँलाई प्रदेश सभाको लागि उमेदवारी दिन लगाई चुनावी मैदानमा उतारेको चौधरी निकटका व्यक्तिहरुले बताएका छन् । आफ्नो फाइदाको लागि मात्र चुनाव लडेका नेताहरुको हाम्रो क्षेत्रमा कुनै काम नरहेकोले यस पटक आफुहरु कुनैपनि प्रलोभन तथा छलकपटमा नपरी क्षेत्र न–२(ख) को नेतृत्व गर्न चौधरीलाई अत्याधिक मतले विजयी गराई प्रदेश सभामा पठाउने निर्णय गरिसकेको स्थानीयबासिन्दाहरुले बताएका छन् । मेथुर चौधरीको जितबाटै क्षेत्रको कायापलट हुने भएकोले उहाँलाई मतदान गर्न बुद्धिजीवीले सबैसँग अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *