LatestNews

सर्लाही प्रहरीद्धारा छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

सर्लाही,३० कार्तिक । सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *