प्रहरी हौँ भन्दै धम्क्याएर सर्लाहीमा मालबाहक ट्रकमा लुटपाट
सर्लाही,१८ बैशाख । पूर्वपश्चिम लोकमार्र्ग्स्थित सर्लाहीमा दुईवटा मालबाहक ट्रकमा गएराती लुटपाट भएको छ । हरिवन नगरपालिका– ४ तिनघरेचोकमा भुसा बोकेर पूर्वबाट पश्चिम आउँदै गरेका दुईवटा ट्रक लुटपाट भएको हो । २ बजे राति राजमार्गमा बसेका चारजनाको समूहले ट्रक रोकेर आफूहरू प्रहरी हुँ भन्दै साथमा रहेको नगद लुटेर लगेको ट्रकका चालकहरूले बताएका छन् । लुटेरा समूहले ना.६ख ६४९८ र ना.५ख ५९४० नम्बरको ट्रकमा लुटपाट गरेको हो । अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने भन्दै प्रहरीले चालकको नाम र ठेगाना गोप्य राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । ट्रकचालकहरूका अनुसार लुटपाटलगत्तै लुटेरा समूह कारमा भागेका थिए । घटनामा संलग्नको आशंकामा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन– ८ बाट बा.१५च ५०७२ नम्बरको कार नियन्त्रण लिएको छ । घटनामा संलग्न कोही पनि पक्राउ नपरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।