सर्लाही क्षेत्र न ४ (क) मा बिरेन्द्र सिहंको क्रेज बढ्दै,जित सुनिश्चीत हुने बुद्धिजीवीको ठहर
सर्लाही,२८ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा विभिन्न पार्टीका नेताहरु मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्न विभिन्न तरिकाले प्रचार प्रसारमा उत्रिएका छन् । तर मंसिर ४ गते हुने प्रदेश सभाको चुनावमा सर्लाही क्षेत्र न–४ (क) का जनताहरुको झुकाव काग्रेस उम्मेदबार बिरेन्द्र सिहंतर्फ रहेको देखिएको छ । सो क्षेत्रबाट चुनाव लडेका अन्य नेताहरु आफुहरुको भोंट तान्न विकासको नाममा झुठो आश्वासन मात्र बाँँडिरहेको स्थानीय जनताहरुले बताएका छन् । विगत लामो समयदेखि यस क्षेत्रको बिकास निर्माण कार्यमा सकृय रहेका सिहंको सर्वसाधारण नागरिकहरु प्रतिको अथाह प्रेम र समर्पण भावकै कारण यस क्षेत्रका जनताहरुले उहाँलाई प्रदेश सभाको लागि उमेदवारी दिन लगाई चुनावी मैदानमा उतारेको र दोस्रो पटक पनि सिहंलाई जिताउन मतदाताहरुले कम्मर कसेको सिहं निकटका व्यक्तिहरुले बताएका छन् । आफ्नो फाइदाको लागि मात्र चुनाव लडेका नेताहरुको हाम्रो क्षेत्रमा कुनै काम नरहेकोले यस पटक आफुहरु कुनैपनि प्रलोभन तथा छलकपटमा नपरी क्षेत्र न–४(क) को नेतृत्व गर्न सिहंलाई अत्याधिक मतले विजयी गराई प्रदेश सभामा पठाउने निर्णय गरिसकेको स्थानीयबासिन्दाहरुले बताएका छन् । सिहंको जितबाटै क्षेत्रको कायापलट हुने भएकोले उहाँलाई मतदान गर्न बुद्धिजीवीले सबैसँग अनुरोध गरेका छन् ।