LatestNewsPolitics

क्षेत्र नं. ४ लाई समृद्ध बनाउन उम्मेदवारी दिएको छु : बिरेन्द्र सिहं

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मधेस प्रदेशको सर्लाही ४ चर्चामा छ । कांग्रेसले सर्लाहीमा पार्टी निर्माणमा ठूलो योगदान गरेका नागेन्द्र कुमार रायलाई टिकट दिएको छ । सर्लाही ४ कांग्रेसको गढ नै हो । यो गढमा चुनौती दिने बलियो नेता कोही छैनन् ।

प्रदेश सभा (क) मा उम्मेदबारी दिएका कांग्रेसका उम्मेदवार बिरेन्द्र सिहंले क्षेत्र नं. ४ लाई समृद्ध बनाउन उम्मेदवारी दिएको छु बताएका छन् । सिहंले अहिलेका राजनीतिक दल र नेताहरुबाट यो क्षेत्रको विकास हुने नसक्ने भन्दै यस क्षेत्रलाई नमूना क्षेत्र बनाउन आफूले सर्लाही क्षेत्र नम्बर ४ (क) बाट उमेदवारी दिएको बताउनुभयो । ‘पटक पटक यिनै एउटै नेतालाई हामीले जिताएर पठाएकाछौं । ’पुराना नेताहरुले गरेको विकास र परिवर्तन कस्तो छ सोचनिय विषय भएको सिहंले भन्नुभयो । उनले भिजन र सोंच नभएका नेताहरूकै कारण ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै रहेको, दाइजो प्रथा कायमै रहेको, महिला हिंसा उस्तै रहेको र विकास निर्माणको हालत पनि खराब रहेको बताउनुभयो ।३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गर्दै उनले त्यो बेलादेखि आजको दिनसम्म नेपाली जनताले सुखानुभूति गर्न नपाएको सिहंले बताउनुभयो । उनले विकास र परिवर्तनका लागि आफूलाई मत दिएर जिताउन क्षेत्रवासीसँग आग्रह समेत गर्नुभयो ।

क्षेत्र नं.४ विकासका लागि परिवर्तनको आवश्यक्ता रहेको र त्यसका लागि असल र सबल नेतृत्वको आवश्यक्ता रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *