LatestNewsPolitics

मतदाताले महसुस गर्नेगरी काम गर्छु : कांग्रेस उम्मेदवार बिरेन्द्र सिहं

सर्लाही,२३ कार्तिक । सर्लाहीमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सर्लाहीको क्षेत्र नं ४ मा रोचक प्रतिष्पर्धा हुने देखिएको छ । यहाँ पछिल्ला चुनाव जित्दै आएका अमरेश सिंह आफ्नै अहंकारले ढलेका छन् ।

कांग्रेसले सर्लाहीमा पार्टी निर्माणमा ठूलो योगदान गरेका नागेन्द्र कुमार रायलाई टिकट दिएको छ । सर्लाही ४ कांग्रेसको गढ नै हो । यो गढमा चुनौती दिने बलियो नेता कोही छैनन् । प्रदेश सभा (क)मा उम्मेदबारी दिएका कांग्रेसका उम्मेदवार बिरेन्द्र सिहंले मतदाताको आधारभूत आवश्यकता पुरा गर्ने गरि काम गर्ने बताए । अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकारहरु स्थापीत हुन नसकेको भन्दै उनले आफ्नो ध्यान संविधान कार्यान्वयनसँगै जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रीत हुने धारणा राखे । उनले मुलुकमा लोकतान्त्रीक गणतन्त्र आएको धेरै वर्ष भएपनि जनताले महसुस गर्न नसकेको बताए । टिकट नपाएको र पार्टीभित्र आफ्नो शक्ति गुमेर कमजोर बनेका अमरेश बागी उठेका छन् । तै पनि यहाँ कांग्रेसलाई खासै असर परेको छैन किनकि यो कांग्रेसको गढ हो । यहाँ व्यक्ति भन्दा पार्टी संगठन बलियो छ ।अर्कोतर्फ यहाँ गठबन्धन दल माओवादीको धोकेबाज रुप पनि देखिएको छ । आफ्नो श्रीमतीलाई समानुपातिकको एक नम्बरमा राखेका माओवादी नेता शिवपुजन यादवले गठबन्धन विपरीत यहाँ आफ्नै छोरी मधुमालालाई उम्मेदवार बनाएका छन् । गठबन्धनभित्रबाट यसरी असहयोग हुँदा पनि प्रारम्भिक सर्वेक्षण यहाँ कांग्रेस निकै बलियो देखिएको छ ।

यहाँ एमालेको पहिलेदेखि नै संगठन कमजोर भएकाले उम्मेदवार राकेश मिश्र प्रतिस्पर्धीका रुपमा रेसमै छैन । यसर्थ सर्लाही ४ कांग्रेसको गढ भएकाले यहाँका कांग्रेस उम्मेदवारको सफलता निश्चित रहेको कार्यकर्ताहरु बताउँछन् । यहाँ संघमा नागेन्द्र कुमार र प्रदेश सभा (क)मा वीरेन्द्र सिंह कांग्रेसबाट उम्मेदवार बनेका छन् । त्यस्तै माओवादी केन्द्रबाट प्रदेश ख मा फकिरा महतो उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *