२९ दिनपछि कोरोना संक्रमण मुक्त भए अभिषेक
२९ दिन पछि बच्चन परिवार कोरोना संक्रमण मुक्त भएको छ । शनिवार अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बच्चन परिवार कोरोना संक्रमण मुक्त भएको हो ।कोरोना संक्रमित भएर अस्पतालमा बसेको २९ दिनपछि अभिषेक डिस्चार्ज भएका छन् । ११ जुलाई अभिषेक र बलिउड महानायक अर्थात् उनका पिता अमिताभमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनीहरुमा संक्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ऐश्वर्या र उनकी छोरी आराध्यालाई संक्रमण भएको थियो ।केहि दिनको अस्पतालको बसाई पछि उनीहरु डिस्चार्ज भएका थिए भने अमिताभ केहि दिन अगाडि मात्र डिस्चार्ज भएका हुन् ।

