हरिपुरमा जनप्रतिनिधि र शिक्षकबीच मैत्रीपूर्ण फुटबल सम्पन्न
- सदाम हुसैन
सर्लाही, २२ माघ । सर्लाहीको हरिपुरमा शनिबार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र महावीर जनता माविका शिक्षकहरुबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । हरिपुर ७ चितायनस्थित हात्तीसार खेल मैदानमा नगरपालिकाको टिम र माविका शिक्षकबीच मैत्रीपूर्ण फुटबल खेल भएको हो । जसमा महावीर जनता माविले हरिपुर नगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको टिमलाई २–१ गोलले पराजित गरेको छ । हाम्रो हरिपुर, स्वस्थ हरिपुर भन्ने नारासहित भएको फुटबल खेलमा मेयर गोपाल पंजियार र प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले पनि खेल खेल्नुभएको नगरपालिका कार्यालयले जनाएको छ ।
