सशस्त्र प्रहरीद्धारा बरामद लागुऔषध नष्ट
सर्लाही,२४ बैशाख । सर्लाही सदरमुकाम मलंगवामा सशस्त्र प्रहरीले फरक फरक ठाउबाट २८ बोतल लागुऔषधबरामद गरी नष्ट गरेको छ । सीमा सुरक्षा बेस क्याम्प मलंगवाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मलंगवा नगरपालिका वडा नम्बर–९ बोर्डर नजिकबाट मिति २०७७ बैशाख १२ गते १८ बोतल र २०७७ बैशाख १६ गते ९ बोतल गरी जम्मा २८ बोतल बरामद गरेको कोरेक्स आज नष्ट गरेको हो । भारतीय बजार सोनबरसाबाट ल्याउदै गरेको उक्त परिमाणको लागुऔषध प्रहरीलाई देखेपछि छोडेर भागेको सुरक्षा बेस क्याम्प मलंगवाका सशस्त्र प्रहरी निरीक्षक संजीत कुमार सिंहले जानकारी दिए । उक्त लागुऔषध मलंगवा नगरपालिका वडा नम्बर–९ का अध्यक्ष दिपलाल महतो, वडा नम्बर–१० का प्रतिनिधि,सन्चारकर्मी लगायतको उपस्थितीमा नष्ट गरीएको छ ।

