NewsPolitics

सर्लाही क्याम्पस मलंगवाको सभापतिमा अनेरास्ववियुका धर्मेन्द्र राय विजयी

  • सदाम हुसैन
    सर्लाही, ०६ चैत । सर्लाही क्याम्पस मलंगवाको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका धर्मेन्द्र राय (टका) ३८६ मत ल्याएर विजयी भएका छन् । उनी ५५ मतको मतान्तरले सभापतिमा चयन भएका हुन् । रायले ३८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस निकट नेविसंघका सुजित यादवले ३३१ र मधेसी दलको गठवन्धनका रामप्रवेश साहले २६२ मत प्राप्त गरे । त्यस्तै सर्लाही क्याम्पस मलंगवाको स्ववियु उपसभापतिमा नेविसंघको मो. कौशर अली ३७१ मत ल्याई विजय भएका छन् । साथै सचिवमा कृष्ण यादव, सह–सचिवमा नितु कुमारी, कोषाध्यक्षमा अनु अधिकारी, सदस्यमा चन्दन महतो, सदस्यमा रूबी खातुन, सदस्यमा रंजना यादव, सदस्यमा सुभाष यादव, सदस्यमा कृष्णनन्दन साह र विधार्थी जनमत संघका सदस्यमा निशा कुमारी मिश्रा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *