FEATUREDLatestNews

सर्लाहीमा सीमा नाका खुलाउन तथा हुलाकी सडक निर्माणको लागी आन्दोलन शुरु

मुख्य नाकाबाट एम्बुलेन्स, शव वाहन र बेहुला बेहुली चढेको गाडी आउ जाउ गर्ने दिने सर्लाही प्रशासनद्धारा जानकारी

सर्लाही ,२१ मंसिर । सर्लाहीमा नेपाल–भारत सीमा नाका खुलाउन तथा अत्यन्तै खराब अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक निर्माणका लागि दबाब सृजना गर्ने उद्देश्यले आज(आइतवार) बाट आन्दोलन सुरु भएको छ । सर्वपक्षिय संघर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तर्गत आज मध्यान्ह मलंगवामै मोटरसाइकल ¥याली निकाली सदरमुकाम मलंगवास्थित शहीद चौकमा रिले धर्ना सुरु गरेको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले बताए । धर्नामा पूर्व मन्त्री एवं सर्लाहीको दुई नम्वर क्षेत्रका सङ्घीय सांसद महेन्द्र राय यादव, एक नम्वर क्षेत्रका सङ्घीय सांसद प्रमोद साह, समानुपातिक सङ्घीय सांसद रुहिनाज, प्रदेश सभा सदस्य अशोक यादव समेत सहभागी हुनु भएको छ । यस्तै सर्वपक्षिय सङ्घर्ष समितिका संयोजक समेत रहनु भएका जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साह, हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम राय, पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव राय, पूर्व सभासद्, नागरिक समाजका अगुवा, राजनीतिकर्मी, व्यापारी लगायत धर्नामा बस्नु भएको छ । नेपाल–भारत सीमा खुला गरिनुपर्ने, हुलाकी सडकको तत्काल स्तारोन्नती हुनुपर्ने, शाखा सडक र पुलहरुको गुणस्तरको छानबिन हुनुपर्ने, हुलाकी सडक बनाउँदा अतिक्रमण भएका जमिनको मुआब्जा दिनुपर्ने र हुलाकी राजमार्ग निर्माण कार्यको ठेक्काको म्याद थप्न नहुने लगायतका माग राखिएको मलंगवा नगरपालिकाका मेयर निरसल साहले जानकारी दिए । घोषीत आन्दोलनका कार्यक्रम अनुसार अनुसार आजदेखि मंसिर २८ गतेसम्म निरन्तर शहीद चौकमा धर्ना दिईरहने, त्यति बेलासम्म पनि नाका नखुलाईए २९ गते साँझ २० वटै पालिकामा मशाल जुलुस निकाल्ने, ३० गते सदरमुकाम मलंगवा बन्द गराउने र पुस १ गते जिल्ला नै बन्द गर्ने निर्णय भएको मेयर साहले बताए ।जनता समाजवादी पार्टीका नेता एवं सांसद महेन्द्र राय यादवको पनि आन्दोलनमा सहभागीता रहेको छ । त्यस्तै,लामो समयदेखि भारतीय सिमानाका बन्द भएका कारण सर्लाहीमा सर्वपक्षिय संघर्ष समितिले आन्दोलन सुरु गरेपछि आज साझँबाट सर्लाहीको मुख्य नाकाबाट एम्बुलेन्स, शव वाहन र बेहुला बेहुली चढेको गाडी आउ जाउ गर्ने दिने सर्लाही प्रशासनले जनाएको छ । त्यसको लागि सिमामा खटिने सशस्त्र प्रहरीलाई निर्देशन दिई सकिएको जिल्ला प्रशासन कार्यालय सर्लाही श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *