सर्लाहीमा सीडीओ इन्द्रदेव यादव हाजिर
- सदाम हुसैन
सर्लाही, ११ माघ । सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव बुधबार जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन् । यादवलाई सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सन्तोष ढुंगेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजकुमार थापा लगायत भएर स्वागत गरेका छन् । यादव सुनसरीबाट सरुवा भई यहाँ आएका हुन् । प्रमुख जिल्ला अधिकारी यादवले सम्पूर्णसँग कार्यसम्पादनमा साथ, सहयोग र समन्वयको अपेक्षा गरेका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सोमवार बिदा भएर गएका थिए । गौतमको गृह मन्त्रालयमा सरुवा भएको छ ।

