सर्लाहीमा विधुत प्राधिकरणको मनोमानी
सर्लाही,०४ असोज । सर्लाहीमा बिगत केही साता देखि मिनेट मिनेटमा विजुली वत्ति आउने र जाने समस्याले जनताले दुःख पाइरहेका छन् । जिल्लाभरीनै केही साता दिन यता विना जानकारी अनियमित रुपमा विधुत कटौति भैरहेको छ । अघोषित रुपमा बिधुत कटौति हुँदा जन आक्रोस र गुनासो दिन प्रतिदिन बढीरहेको छ । साँझ र बिहानपख तालिका बिना लोडसेडिङ हुँदा घरेलु उपभोक्ता बढी समस्यामा परिरहेका छन् भने दिनभर मिनेट मिनेटमा झ्याप्प झ्याप्प गैरहने भएकोले विजुलीवाट चल्ने सामानहरु बिग्रन थालेका छन् ।सर्लाहीमा पछिल्लो समय अनियमित बिधुतको कारण बैंक, सहकारी, सरकारी कार्यालयका काम कारवाहीमा असर पुगेको छ भने घरायसी प्रयोग कर्ताले दुःख पाईरहेका छन् । विजुली छिन छिनमै आउने जाने प्रकृया निरन्तर भैरहँदा वैकल्पिक उर्जाको रुपमा प्रयोग गरिने जेनेरेटर पनि सुरु गर्ने र वन्द गर्ने अनावस्यक सास्ति पाइरहेको मलंगवा नगरपालिकाका एक ब्यापारीले आक्रोश ब्यक्त गरे । यतिका दिन भैसक्दा पनि समाधान नहुनु भनेको प्राधिकरणको हेलचक्राईं भएको स्थानीयको आरोप रहेको छ । विधुत छिनछिनमै आउने जाने गर्दा सर्भर तथा सफ्टवेयरमा आउने समस्याले रेमिट सेवा लगायतका काममा समस्या भोगिरहेको सहकारी संस्थाका एक व्यबस्थापकले बताए । मनलाग्दो तरिकाले लाइन काटेर प्राधिकरणले विना जानकारी मनोमानि गरिरहेकोले समस्यामा परेकोमा आक्रोस पोख्नु को अलावा जिल्लाबासी सगं अरु कुनै बिकल्प देखिदैन । सर्लाही सदरमुकाम मलंगवामा टाढा टाढावाट आउनेहरु एक दिनमा हुनेकाम दुईदिन लगाउनु पर्दा बास बस्ने समस्याले पिडित भएका छन् ।यस बिषयमा नेपाल बिधुत प्राधिकरणले वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले केन्द्रीय प्रशारण लाइनबाट नै एक ठाउँबाट अर्को ठाउँमा लाईन दिने क्रममा लोड तलमाथि हुँदा थाम्न नसकेर छिनछिन मै बिधुत जानेसमस्या आएको बताए ।