सर्लाहीमा लकडाउनलाई ‘धज्जी’ उडाउँदै जनताहरु, प्रशासन मुकदर्शक
सर्लाही,०२ भदौ । कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा पनि सर्लाहीमा संक्रमण बढी रहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको छ र सम्बन्धीत गाउँपालिका र नगरपालिकाहरुले पनि अत्यावश्यक काम बाहेक बाहिर नजान, भीडभाड नगर्न भनेर सूचना जारी गरेको छ । तर आम जनतामा यसको कुनै प्रभाव परेको देखिदैन । कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा सर्लाहीमा दोस्रो पटक घोषणा गरीएको निषेधाज्ञा कागजमै सिमीत भएका छन् । लकडाउन लागि अझ प्रभावकारी बनाउन (डीसीसीएमसी) को गत आइतवार सदरमुकाम मलंगवामा बसेको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि पुनः निषेधाज्ञा आदेश जारी गर्दै जिल्ला नै पूर्णरुपमा बन्द गर्न सूचना जारी गरे पनि कोरोनालाई बेवास्ता गरी बजार क्षेत्रमा हजारौको संख्यामा भिडभाड रहदै आएको देखिन्छ । प्रशासनले समेत हेर्दा खासै कुनै चाँसो नलिएको देखिएको छ । ।समुदायमा कोरोना फैलिएपनि प्रशासन मुकदर्शक बनेपछी समाज मै भयावह अवस्था सृजना हुने डरले स्थानीय त्रसित बनेका छन् । अहिले समुदाय स्तरमा कोरोना पुगेकोले संक्रमित सँख्या दिनानु दिन तीव्र रुपमा बढदै गएको छ । सर्लाहीमा आज (मंगलवार) एकै दिन १ सय ११ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएको छ ।सर्लाहीमा यतिको संख्यामा कोरोना संक्रमित व्यक्तिहरु एकै दिन थपिएको यो पहिलो रेकर्ड भएको हो ।१ सय ११ जना कोरोना संक्रमितहरु कौडेना गाउँपालिका, हरिपुर नगरपालिका, विष्णु गाउँपालिका, कविलासी नगरपालिका, मलंगवा नगरपालिका र लालबन्दी नगरपालिकाको रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए ।यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ८१ पुगेको छ । यस तर्फ नागरीकर प्रशासन दुबैलाई सचेत तथा जिम्मेबार हुनु पर्ने आवश्यक्ता देखिएको छ ।

