FEATUREDLatestNews

सर्लाहीमा भोलिदेखि लकडाउन थप कडाइ गरिँदै

निषेधाज्ञा नमान्ने जोसुकैलाई पनि कडा कारवाही हुने
सर्लाही,२५ साउन । सर्लाहीमा कोरोना संक्रमित बढेपछि भोलीदेखि लकडाउनमा थप कडाई गरिने भएको छ । सर्लाहीमा ह्वातै कोरोना संक्रमण बढेपछि लकडाउन थप कडाइ गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले भोलिदेखी थप कडाई गरिने बताए । उनले लकडाउनको पालना गर्न आग्रह समेत गर्नुभएको छ । अत्यावश्यक अवस्थामाबाहेक कसैलाई पनि हिँडडुल गर्न नदिइने उनले बताए । भोली(सोमबार) देखि ७ दिनका लागि लकडाउन पुर्ण रूपमा कडा हुने प्रजिअ पौडेलले बताउनुभएको छ । पसलहरु खोल्न नपाइने ,सवारी साधन पनि चलाउन नपाउने र आम जनता घर बाहिर निस्कन नपाउने गरि आवत जावतमा पुर्ण रूपमा रोक लगाउने तयारी भईरहेको प्रजिअ पौडेलले बताउनु भएको छ । निषेधाज्ञा नमान्ने जोसुकैलाई पनि कडा कारवाही हुने वहाँले बताउनुभयो ।
सर्लाहीमा हाल सम्म ८ सय १० जना कोरोना संक्रमित पुष्टि भइसकेको छ , भने २ जनाको मृत्यु समेत भईसकेको छ । समुदायमा भयावह स्थिति आउन नदिन थप सतर्कता अपनाउनका लागि कडाई गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *