FEATUREDLatestNews

सर्लाहीमा भाइरल ज्वरोको बिरामी हवात्तै बढे

सर्लाही,१४ साउन । जिल्ला अस्पताल मलंगवामा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेका छन् ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित कार्यालय प्रमुख डा. नबल किशोर झाका अनुसार विगत पाँच र सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०र७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । केही दिनदेखि सर्लाहीमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा.झाले बताए । उनले मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए । यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन डा. झाले सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *