FEATUREDLatestNews

सर्लाहीका कृषकलाई मल र बीउको चिन्ता

सर्लाही,२३ बैशाख . यतिबेला सर्लाहीका कृषक बीउ र मल जुटाउन लागिपरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएका कारण समयमा मल र बीउ नपाउने चिन्ता कृषकलाई छ . हिउँदे बाली गहुँ, तोरी, मसुरो भित्र्याएका किसान बर्खे खेतीका लागि मल र बीउको अभाव हुने डरले अहिलेदेखि नै जोहो गर्ने तयारीमा लागेका हुन् ।समयमै वर्षा भएपछि खेतबारी जोतेर कृषक मकै र तरकारी बाली लगाउने तयारीमा छन् तर लकडाउनका कारण बीउ र मल जुटाउन भने समस्या भएको उनीहरु बताउँछन् । कृषकले बजारका विभिन्न एग्रोभेटमा बर्खे तरकारी बोडी, सिमी, काँक्रा, लौका तथा मकैको बीउ तथा रासायनिक मलको खोजीका लागि दौडधुप गरेका छन् । ‘‘ बारी जोतेर तयार छ, लौकाको बीउ किन्न बजार आएको हुँ बजार भने बन्द रहेछ’’, बीउ र मल खोज्न आउनुभएका कृषक रामेश्वर झाले भने । कृषक झाले मकै र धान बालीका लागि मलको जोहो गर्न लागिएको बताए । ‘‘रासायनिक मल त बजारमा छ भन्छन् तर लकडाउनका कारण कसरी ल्याउने हो . समस्या छ’’ उनले भने .

Leave a Reply

Your email address will not be published. Required fields are marked *