LatestNews

संक्रमित देखिएपछि हरिवन नगरपालिका पूर्णरुपमा सिल

सर्लाही,०७ जेठ । सर्लाहीको हरिवन नगरपालिकामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नगरपालिकालाई पूर्णरुपमा सिल गरिएको छ।नगरप्रमुख गणेश प्रसाद प्रसाईले नगरपालिकाभित्र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै सम्भावित थप जोखिमलाई मध्यनजर गरि संक्रमण अन्यत्र फैलिन नदिन र त्यसको रोकथाम तथा नियन्त्रणका लागि आजैदेखि लागु हुनेगरी अर्को सूचना नआउँदासम्मलाई नगर क्षेत्रलाई पूर्णरुपमा सिल गरिएको जानकारी दिएका छन्। मेयर प्रसाईद्वारा आज साँझ जारी विज्ञप्तिमा नगरपालिका क्षेत्रभित्रको पूर्वपश्चिम राजमार्गको ५ सय मिटर दायाँ बायाँ सिल गरिएको छ। नगरभित्रका सरकारी, अर्धसरकारी, गैरसरकारी, बैक तथा वित्तीय संस्था, निजी कम्पनी तथा उद्योगहरु समेत अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।नगरपालिकाले आवश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन र निस्कन नदिनका लागि सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *