शिल गरिएको गाँउको पिसिआर नगेटिभ
सर्लाही,०५ जेठ । एक युवतीमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएपछि गाँउ शिल गरि युवती सहित २१ जनाको स्वाव परिक्षण गर्दा पिसिआर नेगेटिभ आएको छ । रामनगर गाँउपालिका वडा नं.४ बउहर्बा की १८ वर्षिय महिलामा गत शनिवार कोभिड १९ पोजेटिभ देखिएपछि शनिवार लिएको स्वाँव परिक्षणको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।पिसिआर नतिजा नेगेटिभ आएको आईतवार साझं जानकारी आएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । सर्लाहीमा हालसम्म धनकौल गाउँपालिका–५, हरकठवागोठका १४ वर्षीय बालक, हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका मानसिक सन्तुलन ठीक नभएका ४५ वर्षीय पुरुष र रामनगर गाउँपालिका–४, बहुअर्वाकी १८ वर्षीया युवती गरी तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । तीमध्ये बालकको वीरगञ्ज र पुरुषको जनकपुरमा उपचार भइरहेको छ भने युवती काठमाडौंमै छिन् ।

