News

विशेष कार्यक्रम गरि सर्लाहीमा ७३ औं प्रजातन्त्र दिवस मनाइयो

  • सदाम हुसैन
    सर्लाही, ०७ फागनु । राणा शासन अन्त्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाईएको छ । प्रजातन्त्र दिवस मूल आयोजक समिति सर्लाहीले आईतबार प्रादेशिक अस्पताल मलंगवामा बिरामीलाई फलपूmल वितरण, प्रभात फेरी, झण्डातोलन तथा रक्तदान लगायतका कार्यक्रमहरुको आयोजना गरि मनाएका छन । ७३ औं प्रजातन्त्र मुल आयोजक समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक न्याय र समानता सहित आम नागरिकको अवस्था बदल्नु पर्ने जिम्मेवारी राज्यको भएको बताउनु भयो । कार्यक्रममा आयोजक समिति सर्लाहीका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, अन्य सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, नागरिक अगुवा, उद्योगी, व्यापारी, सञ्चारकर्मी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, प्रहरी नायब उपरीक्षक कैलाश राईलगायत २६ जनाले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *