News

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ब्रह्मपुरीमा बक्तृत्वकला प्रतियोगीता

सर्लाही,१६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ब्रह्म्पुरी गाउँपालिकाले आज बक्तृत्वकला प्रतियोगीता समपन्न भएको छ । “प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ सुरुवात भएको छ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ब्रह्म्पुरी गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरणमा प्रविधिको सहि प्रयोग विषयक बक्तृत्वकला प्रतियोगीता समपन्न भएको हो । गाउँपालिका उपाध्यक्ष श्यामकला यादवको अध्यक्षतमा समपन्न समपन्न भएको उक्त प्रतियोगीतामा श्री शिवन फूनिया जनतादेवी माध्यमिक विद्यालय, श्री सुवेदार नन्दलाल जनता माध्यमिक विद्यालय,श्री मधुर कुन्ति माया माध्यमिक विद्यालय,श्री जलधर कमलदेव नमुना माध्यमिक विद्यालय लगायतका विद्यालयका छात्रछात्राहरुले भाग लिएका थिए ।
विशिष्ट अतिथिका रुपमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले लैंगिक हिंसा कम गर्न सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउदै लैंगिक हिंसा नियन्त्रणमा गाउँपालिकाले हर प्रयास गर्ने र यस क्षेत्रमा अग्रसर रहेका मानव अधिकारकर्मीहरु लगायत विभिन्न सघंसस्थासगँ सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नुका साथै विगतमा पनि ब्रह्मपुरी गाउँपालिकाले बजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरु सन्चालन गरेको पछिल्लो दुई वर्ष निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी सम्भालेका उपेन्द्र राउतले मन्तब्यमा राख्नुभएको थियो । कार्यक्रममा मानव अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधी,आरआरपिके का अध्यक्ष शिवजी प्रसाद शाह,सन्चारकर्मी,सुरक्षाकर्मी लगायतका उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *