FEATUREDLatestNews

लकडाउन अवज्ञा गर्नेलाई सर्लाही प्रहरीले क्याचिङ्ग रड प्रयोग गरी पक्राउ गर्ने

सर्लाही,७ वैशाख । लकडाउन अवज्ञा गर्ने व्यक्तिलाई सर्लाही प्रहरीले क्याचिङ्ग रडको प्रयोग गरी पक्राउ गर्ने भएको छ ।विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको चेन तोडन लकडाउन कार्य्न्वयन गराउन प्रहरी विभिन्न ठाउँमा खटिने भएकोले प्रहरीलाई कोरोना संक्रमण बाट सुरक्षित राख्न यो विधि प्रयोग गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।लगडाउन उलंङघन गर्ने तथा गम्भिर मुद्दाका मानिस पक्राउ गर्नाका लागी सर्लाही प्रहरीले क्याचिङ्ग रडलाई प्रयोग गर्नेे छ ।चार मिटर लामो र दुई मिटर गोलाईको रड गासेर बनाईएको क्याचिङ्ग रडले सामाजिक दुरी कायम गरी व्यक्तिलाई पक्राउ गर्न प्रयोग गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।सदरमुकाम, सिमा नाका तथा राजमार्गका लगाएतका प्रहरी एकाईहरुमा क्याचिङ्ग रडको प्रयोग गरी मानिस नियन्त्रण गर्नेे छ । खासगरी सबै ठाउँमा अगाडि नै खटिने प्रहरी सुरक्षित नभई अरुलाई सुरक्षित गर्न सम्भव नहुने हुदा प्रहरीको स्वास्थ सुरक्षाका लागी यो विधि अपनाउन लागिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *