मलङवा न.पा.बाट कृषि सामग्री संस्था कार्यालय सारिएकोमा सांसद अशोक यादवको आपति
सर्लाही,२४ साउन । सर्लाहिको सदरमुकाम मलङवा नगरपालिकाबाट कृषि सामाग्री संस्था कार्यालय सारिएपछि जनकपुरधाम प्रदेश २ का प्रदेश मामिला समितिका सभापति अशोक कुमार यादबले आपति जनाएका छन् । कार्यालय सारिएपछि किसानहरुले दुख पाउने भन्दै यादव आक्रोशित बनेका हुन । बिना कुनै सर–सल्लाह बिना कुनै जानकारी यसरी सदरमुकाम मलङवामाबाट लालबन्दि नगरपालिकामा कार्यालय सारिनु दुखद भएको सांसद यादवले आक्रोश पोखेका छन् । कृषि सामाग्री संस्था कार्यलयका निमित प्रमुख र अहिलेको प्रमुख मिलेर यसरी नियोजित तरीकाले कार्यालय सारेको उहाले आरोप लगाउनुभएको छ । सर्लाहिको सदरमुकाम मलङवा नगरपालिका सबै भन्दा पुरानो नगरपालिकाको रुपमा चिनिने हुदां यसरी यस ठाउबाट अर्का ठाउमा कार्यालय सारिएकोप्रति आपति जनाउदै सांसद यादवले यो कार्यलय छिटो भन्दा छिटो सदरमुकाम मलङवामा फेरी ल्याउनुपर्ने मागं गर्दै प्रमुख जिल्ला अधिकारीलाई समेत यादवले जानकारी गराएका छन् ।

