मलंगवामा ओरेकको फोटो प्रदर्शनी
- सदाम हुसैन
सर्लाही, १९ चैत । महिला पनस्र्थापना केन्द्र ९ओरेक० को ३२ औँ स्थापना दिवसका अवसरमा आइतबार सर्लाही सदरमुकाम मलंगवामा फोटो प्रदर्शनी गरिएको छ । ओरेकले जिल्लामा महिलाहरुको उत्थानका लागि गरिरहेको कामको फोटोमार्फत संगालो प्रदर्शनी कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमसहित महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिले अवलोकन गरेका छन् ।