FEATUREDLatestNews

मलंगवामा अबदेखि प्रत्येक दिन खाद्यान्न तथा किराना पसल खोल्ने सहमति

मलंगवा,२७ जेठ । सर्लाही सदरमुकाम मलंगवामा स्थानीय प्रशासन र व्यापारीबीच भोलीदेखि प्रत्येक दिन खाद्यान्न तथा किराना पसल खोल्ने सहमति भएको छ । मगंलबार व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच भएको छलफलले साताको सातौं दिन बिहान १० बजेदेखि ५ बजेसम्म खाद्यान्न तथा किराना पसल खोल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।त्यस्त, साताका तीन दिन बुधवार,बिहीवार र शुक्रवार मात्र खुल्दै आएको तरकारी बजार पनि प्रत्येक दिन खोल्ने सहमति भएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए । साथै नगरस्थितका बैक तथा वितीय संस्थाहरु पछिल्ला निर्णय अनुसार प्रत्येक दिन खुल्ला रहने सभापति चौधरीले बताए । उद्योग वाणिज्य सघं मलंगवाका अध्यक्ष विरेन्द्र साहले ग्राहकहरुबीच दूरी कायम गर्ने र सेनिटाइजरको प्रयोगलगायत सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन हुने बताए । जिल्लाका अन्य स्थानीय तहले पनि अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्णय गरि बजार व्यवस्थापन गर्नका लागि जिल्ला समन्वय समितिको कार्यालय मार्फत निर्देशन दिइसकेको सभापति चौधरीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *