मलंगवाको जुनियर जेसिज २०२३ को अध्यक्षमा मोहम्मद असलम मिकरानी निर्वाचित
- सदाम हुसैन
सर्लाही, ११ माघ । जुनियर जेसिज मलंगवा वर्ष २०२२ को लागिअध्यक्षको पदमा जुनियर जेसी मोहम्मद असलम मिकरानी निर्वाचित भएका छन् । जुनियर जेसी आयुष सिंहको अध्यक्षतामा बुधबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष मिकरानीसहित कार्यकारी उपाध्यक्षको पदमा जु.जेसी र जु.जेसी नानु कुमारी साह र आसिफ रजा मिकरानी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा क्रम शः जु.जेसी अजली गुप्ता, जु.जेसी मोहम्मद गुड्डु मिकरानी, जु.जेसी रोहन जोगी र जु.जेसी आशिष झा निर्वाचित भएको निर्वाचन अधिकृत समेत रहनु भएका जुनियर जेसिज मलंगवाका संस्थापक अध्यक्ष एवं मलंगवा जेसिजका भुपु अध्यक्ष जेसी सुवोध राजोपाध्यायले जनाएको छ । मलंगवा नपा वडा न–९ स्थित बालमन्दिरमा सम्पन्न भएको निर्वाचनमा मलंगवा जेसिज र जुनियर जेसिजका पूर्व तथा वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।

