News

बैठकमा अनुपस्थित हुनेलाई पदमुक्त गरीने मैथिल प्रवद्र्धन समिती सर्लाहीको निर्णय

सर्लाही,२८ भदौं । मैथिल प्रवद्र्धन समिती सर्लाहीको बैठकमा लगातार तिन पटक उपस्थित नहुनेलाई समितीले पदमुक्त गर्ने निर्णय गरेको छ । मलंगवा नगरपालिका ८ स्थित विद्यापति भवनमा बसेको आजको बैठकले सो निर्णय गरेको हो । समिती अध्यक्ष नरेश झाको अध्यक्षतामा बसेको बैठकमा विधानबारे विस्तृत छलफल हुनुका साथै विधान संसोधन गरी समावेश गरीने बुदाँहरुको बारेमा दफाबार रुपमा चर्चा गरीएको उपाध्यक्ष बन्दना झाले जानकारी गराउनुभयो ।
समितीले गर्नुपर्ने आगामी कार्यहरुको बारेमा प्रस्तावहरु सचिव मुकेश मिश्राले प्रस्तुत गर्दै समितीले अब विभिन्न पालिकाहरुमा समिती विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । साथै बैठक पश्चात मुलुकको पछिल्लो राजनितिक अवस्था,जेनजीहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति एक मिनेटको मौन धारण गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *