FEATUREDLatestNews

बेमौसमी वर्षाले धान बालीमा क्षति

सर्लाही,०२ कात्तिक । साउनमा मानो छरेर मुरी उब्जाउने गरी बर्सभरिको धान वाली भित्र्याउने वेला आइतबार देखि परेको बेमौसमी वर्षाले धान वाली स्याहार गर्न चटारोमा रहेका सर्लाहीका किसानहरू यति वेला चिन्तित बन्न पुगेका छन् । दसैँ पर्वलाई समेत राम्रो सँग नमनाएर धानवालीलाई भित्र्याउन चटारोमा जुटेका किसानहरू बेमौसमी वर्षाले खेतमा काटेको धान पानीले भिजेपछि चिन्तित हुनुको साथै, क्षति समेत व्यहोर्न पुगेका छन् । घरमा बर्सभरिको धान भित्र्याउनका लागि परिवार सबै लागेर हतार–हतारमा धान काट्यौ, तर “बेमौसमी वर्षाले धानवालमा नोक्सान पुर्याउदा लगानी र परिश्रम डुब्ने डरले सताएको एक जना किसानले दुखेसो पोखे । खेती गर्ने समयमा समयमै मल उपलब्ध नहुँदा मर्कामा परेका हामी किसानहरूलाई थप वर्षाले धान वाली स्याहार गर्ने क्रममा पीडित बनायो । “सर्लाहीमा धान खेतीलाई भित्र्याउन चटारोमा रहेका किसानहरू बेमौसमी वर्षाले पु¥याएको क्षति बारे सम्बन्धित निकायहरूको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । उनीहरूले, कृषि पेसामा आउने प्राकृतिक विपद्ले पु¥याउने किसानहरूको क्षतिलाई राज्यले सम्बोधन गर्दै, किसानमुखी नीति बनाउनु पर्ने आवश्यकता औँल्याउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *