LatestNews

प्रदेश २ सँग जोडिएका सम्पूर्ण नाका सिल गर्न संघीय सरकारसँग आग्रह

काठमाडौं,३० बैशाख । बागमती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएको सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ । मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरिया नाकासहित सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।विशेष गरी तराईका जिल्लाहरु बारा, पर्सा र रौतहटमा कोरोना संक्रमणको दर बढेसँगै बागमती प्रदेशमा यात्रुहरुलाई भित्रिन नदिनका लागि तत्काल प्रदेशको नाका सिल गर्न संघीय सरकारलाई आग्रह गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए।‘प्रदेश सरकारसँग सिल गर्ने अधिकार छैन। त्यसकारण हामीले संघीय सरकारलाई आग्रह गरेका हौं,’ जमरकटेलले भने।उनका अनुसार विभिन्न सवारीमार्फत तराईका जिल्लाबाट बागमती प्रदेश भित्रिने यात्रुको संख्या बढिरहेको कारण प्रदेश सरकारले संघीय सरकारलाई यस्तो आग्रह गरेको हो। मन्त्रिपरिषद्को बैठकले एम्बुलेन्स तथा अन्य साना सवारीहरुले तराईका जिल्लाबाट यात्रु बागमती प्रदेशमा ल्याइरहेको सूचना आएकाले उनीहरुलाई थप निगरानी र जाँचमा समेत कडाई गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *