पूर्व सांसद नरेन्द्र साहद्वारा सशस्त्र प्रहरीलाई साईकल प्रदान
सर्लाही, ७ बैशाख । पूर्व सांसद एवम् समाजसेवी नरेन्द्र साहले सशस्त्र प्रहरीलाई २० थान साईकल प्रदान गर्नुभएको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा क्षेत्रको गस्तीमा खटिने सशस्त्र प्रहरीलाई पूर्व सांसद साहले साईकल प्रदान गर्नुभएको हो ।पूर्व सांसद साहले उपलब्ध गराएको साईकल जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीलाई आइतवार दिउँसो सशस्त्र प्रहरी बल नेपाल गण नम्बर १० कविलासीमा हस्तान्तरण गर्नुभएको छ । त्यस्तपछि प्रजिअ जिसीले उक्त साईकल सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठलाई जिम्मा लगाउनुभएको थियो ।
प्रजिअ जिसीले सशस्त्र प्रहरीलाई सिमा क्षेत्रमा साईकलले गस्त गर्न, त्यहा मानिसहरुको अवागम निगरानी राख्न, भिडभाड तथा अपराध नियन्त्रण गर्नमा ठूलो सहयोग पुर्याउने बताउनुभयो । पूर्व सांसद साहले ठूलो सहयोग गरेको भन्दै उहाँले अभार प्रकट गर्नुभयो ।
‘अहिलेको संवेदनशिल अवस्थामा सीमा क्षेत्रमा खटिईरहेका सशस्त्र प्रहरीलाई साईकल प्रदान गरेर पूर्व सासंदले ठूलो सहयोग गरेको छ’,–प्रजिअ जिसीले भन्नुभयो ‘प्राप्त साईकलले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती अझ बढी प्रभावकारी हुन मद्धत गर्ने निश्चित छ ।’ पूर्व सांसद् साहले यसअघि पनि नेपाल प्रहरी सर्लाही जिल्लामा गस्ती गर्नकालाई साईरन जडित साईकल प्रदान गर्नुभएको थियो ।
।

