परवानीपुरको क्वारेन्टाइनमा ५ महिने शिशुको मृत्यु
सर्लाही,१० बैशाख । सर्लाहीको परवानीपुर–चुरेक्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा क्वारेन्टाइनमा रहेका एक शिशुको मृत्यु भएको छ । परवानीपुर शीर फुलजोरका तारादेव वाईवाका अन्दाजी ५ महिने छोराको मृत्यु भएको हो । तीनदिनदेखि परवानीपुरस्थित झल्ला चौडीमा रहेको विद्यालयमा निर्माण गरीएको अस्थायी क्वारेन्टाइनमा रहदै आएको थियो । वाईवा दम्पती इँटा उद्योगमा काम गर्दै आएको र तिन दिन दिनअघि मात्रै त्यहाँ आएको बुझिएको छ ।
लालबन्दी नगरपालिका १५ नंं वडाका वडाध्यक्ष गोरखबहादुर बलले शिशुको चिसोका कारण मृत्यु भएको आशंका रहेको र थप जानकारी लिन लालबन्दीबाट स्वास्थ्यकर्मी घटनास्थलमा पठाईएको जानकारी दिए ।