FEATUREDLatestNews

पत्रकार महासंघ सर्लाहीमा तालाबन्दी

सर्लाही,१२ चैत । सर्लाहीका क्रियाशील पत्रकारहरुले नेपाल पत्रकार महासंघ, सर्लाही शाखामा विहिवार तालाबन्दी गरेको छ । बर्र्षौदेखि नेपाल पत्रकार महासंघमा प्रक्रिया पूरा गरी डकुमेन्ट पेस गरेका जिल्लाका क्रियाशील पत्रकारहरूलाई लामो समयसम्म पनि सदस्यता नदिई विभिन्न बहानामा भइरहेको आलटालको विरोध स्वरूप पत्रकार महासंघ सर्लाही शाखामा तालाबन्दी गरेकोे हो । नेपाल पत्रकार महासंघ सर्लाहीका सह–सचिब सत्यप्रकाश यादवको नेतृत्वमा पत्रकारहरूको हकहितको पक्षमा लड्नु पर्ने संस्थाले जिल्लामा लामो समय काम गरिरहेका पत्रकारलाई सदस्यता नदिनु भनेको अलोकतान्त्रिक र तानाशाही प्रवृत्ति ठहर गर्दै तालाबन्दी गरिएको छ । आस्थाका आधारमा सदस्यता दिने परिपाटीको बिरोध गर्दैै नेपाल पत्रकार महासंघ सर्लाही शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको पत्रकार महासंघ सर्लाहीका कोषाध्यक्ष रामगोबिन्द यादवले बताउनुभयो । साथै समयमै माग पूरा नभए शाखाबाट हुने निर्वाचन लगायत कुनै पनि गतिविधि अगाडि बढ्न नदिने चेतावनी समेत पत्रकारहरुले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *