FEATUREDLatestNews

नेपाल निजामती कर्मचारी युनियनद्धारा फलफुल तथा मास्क वितरण

सर्लाही,१९ भदौ । नेपाल निजामती कर्मचारी युनियनले आफनो स्थापना दिवसको अवसरमा सर्लाही अस्पताल मलंगवामा फलफुल तथा मास्क वितरण गरेको छ । सर्लाही अस्पताल मलंगवाको अस्पताल प्रमुख नवल किशोर झाको प्रमुख आतिथ्यता तथा निजामती कर्मचारी युनियनका जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष कपिल देव साहको अध्यक्षतामा सर्लाही अस्पतालमा भर्ना भएका सम्पूर्ण बिरामीहरुलाई फलफुल वितरण गरेको निजामती कर्मचारी युनियनको सर्लाही जिल्ला कार्य समिति सदस्य सैलेन्द्र कुमार महतोले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी युनियनले प्रत्येक वर्ष नौलो कार्य गरेर स्थापना दिवस मनाउने गरेकोले यस वर्ष पनि आफनो ३१ औ स्थापना दिवसको अवसरमा सर्लाही अस्पताल मलंगवामा भर्ना भएका सम्पूर्ण विरामीहरूलाई फलफुल तथा मास्क वितरण गरि स्थापना दिवस मनाएको निजामती कर्मचारी युनियनको सर्लाही जिल्ला कार्य समिति सदस्य महतोले जानकारी दिए ।फलफुल तथा मास्क वितरण कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य राम किशोर साह , सर्लाही उपाध्यक्ष मीन बहादुर चौधरी, रामदुलार साह, सचिव युगल किशोर साह, कोषाध्यक्ष प्रमोद चौधरी , सहसचिव संजित कुमार राय लगायत युनियनका अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *