नापी कार्यालय प्रमुख संजय मान्नधरको रबैयाले सेवाग्राही पिडामा
- सदाम हुसैन
सर्लाही, १९ चैत । नापी कार्यालय सर्लाहीको कार्यालय प्रमुखको काम गर्ने मनपर्दी रबैयाले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कठीनाई भएको जनगुनासो ब्याप्त रहेको छ । कार्यालयको पूर्व पट्टी रहेको मेनगेट बन्द गरेर कार्यालयको पछाडी दक्षिणपट्टी रहेको गेट सुचारु गरी कार्यालय प्रमुख संजय मानन्धरले आफुखुसी कार्यालय सन्चालन गर्दा कार्यालयको कामकाज प्रभावित भई सेवाग्राही सहज रुपमा सेवा लिन नसकेको एक सेवाग्राहीले गुनासो गरे । यसरी मेनगेट बन्द गरेर पछाडी दक्षिणपट्टीको झ्याल भित्रबाट रसिद काटने गरीदाँ सेवाग्राहीलाई अनावश्यक ठूलो लाईन बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । मेनगेट बन्द गरेर पछाडीको गेटबाट कार्यालय सन्चालन पद्धतीले अरु कुरा पनि ब्याख्या गरेको जनगुनासो रहेको छ । त्यस्तै सेवाग्राहीले सेवा लिन आउँदा शौचालय प्रयोग गर्न पनि कठिनाई भएको अर्को एक जना सेवाग्राहीले बताए । अहिले किताकाटँ बन्द रहेको र सानोतिनो कामको लागी पनि घण्टौं लाईन बस्न सेवाग्राही बाध्यभएको अवस्थाले कार्यालयको सेवापद्धती र कार्यालय प्रमुख मानन्धरको सोच्नेप्रवृती दुबैलाई उजागर गरेको छ ।

