FEATUREDLatestNews

जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड बढयो

सर्लाही,१३ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिनेको भिड लाग्न थालेको छ । कोरोना सङ्क्रमणको स्थितीलाई मध्यनजर गर्दै दैनिक २५ देखि ३० वटासम्म नागरिकता वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले अहिले दैनिक सय वटासम्म नागरिकता वितरण गर्दै आएको छ । अहिले नागरीकता लिन आउनेमा अधिकाशं एसईई उतिर्ण बिद्यार्थीहरु रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । उच्च शिक्षाको लागी फर्म भर्न तथा नेपाल रेल्बेमा आबेदन दिन नागरीकता अनिवार्य गरीएको हुदां नागरीकता लिनेको भिड बढेको जनाईएको छ । साथै कोरोनाको सङ्क्रमणपछि भारतमा रोजगारी गर्दै आएका नागरिक गाउँघरमा आएका र छोराछोरीको नागरिकता बनाउन आउन थालेको कार्यालयले जनाएको छ । भिड बढेसँगै कोरोना संक्रमणको जोखिम समेत बढेको छ । यता नागरिकता बनाउनेको चाप बढ्दै गएपछि प्रशासन कार्यालयका कर्मचारीहरुलाई हम्मेहम्मे परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *