चक्रघट्टा गाउँपालिकाद्धारा ७६ चमार परिवारलाई राहत वितरण
सर्लाही,२३ बैशाख । कोरोना भाइरससँग जुध्न मुलुक लकडाउनमा रहेको अवस्थामा सर्लाहीको चक्रघट्टा गाउँपालिकाले वडा नम्बर–५ का चमार परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण छाक टार्न समस्या भएका ७६ चमार परिवारलाई चक्रघट्टा गाउँपालिकाले मगंलबार राहत वितरण गरेको हो । बिश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९) को रोक्थाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको चपेटमा परेका ज्यालादारी, निमुखा र दैनिक काम गरि खाने ७६ चमार परिवारलाई चक्रघट्टा गाउपालिकाले राहत बितरण गरेको गाउँपालिका प्रम’ख बिक्रम यादवले बताउनुभयो । दैनिक ज्यालादारी गरेर छाक टार्ने चमार परिवारलाई १५ किलो चामल ,१ किलो दाल , १ किलो खाने तेल र १ किलो नुन गरी ७६ चमार परिवारलाई राहत समाग्री वितरण गरिएको गाउँपालिका प्रमुख यादवले बताउनुभयो । अभाव र अफ्ठ्यारो परिस्थितीमा सधैं जनताको साथमा उभिने सोच अनुरुप गाउँपालिकाबासीलाई आवश्यक परेको बेला सहयोग गर्न आफु सदैव तयार रहेको उनले बताए ।