NewsPolitics

चक्रघट्टामा पेट्रोल पम्प उद्घाटन गरेर फर्किए खानेपानी मन्त्री खान

  • सदाम हुसैन
    सर्लाही, ०३ फागुन । संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले बुधबार सर्लाहीको चक्रघट्टामा पेट्रोल पम्पको उद्घाटन गरेका छन् । उनले चक्रघट्टा गाउँपालिका ४ स्थित बजारमा तराई आयल सेन्टरको उद्घाटन गरेका हुन् । पम्पका संचालक मोहम्मद जमसेद आलमको अध्यक्षता तथा मन्त्री खानको प्रमुख आतिथ्यतामा पेट्रोल पम्पको उद्घाटन गरिएको हो । जनमत पार्टीका नेता समेत रहेका उनले सुरुमा उद्योग मन्त्रालय आफ्नो पार्टीले पाउने सहमती भएपनि पछि खानेपानी मन्त्रालय सम्हाल्नुपरेको बताए । चक्रघट्टा बजारमा पेट्रोल पम्प उद्घाटन गरेर मन्त्री खान बुधबार नै रौतहटतर्फ प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *