LatestNews

गोडैता नगरपालिकाद्धारा संचारकर्मीलाई पिपिइ वितरण

गोडैता,०१ जेठ । गोडैता नगरपालिकाले संचारकर्मीलाई मेडिकल सामग्री वितरण गरेको छ । कोरोनाको सङ्क्रमणबाट संचारकर्मी जोखिममा रहने भएकाले नगरपालिकाले उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहितका सामग्री वितरण गरेको हो । कोभिड–१९ को महामारीबारे सुचना सकंलनका लागि उच्च जोखिममा रहेको जिल्लाका क्रियाशील पत्रकारहरुलाई ७ थान पीपीई उपलब्ध गराएका हुन । पत्रकारहर बढी जोखिममा रहेको थाहा पाए पछि उनीहरुको व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी सामग्री वितरणा गरिएको नगरपालिका प्रमुख देबेन्द्र यादवले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *