FEATUREDLatestNews

कोरोना कहरले सर्लाहीमा बर्थिङ सेन्टरमा सुत्केरी गराउन जाने घटे

सर्लाही,२५ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सर्लाहीमा गर्भवती महिला प्रसूति गराउन स्वास्थ्य केन्द्र जान छाडेका छन । लकडाउनअघि धेरै महिला स्वास्थ्य केन्द्रमा पुग्ने गरे पनि डेढ महिनायता बर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्यामा कमी आएको छ । कोरोनाको संक्रमणको डरले घरमै प्रसूति गराउनेको संख्या बढ्न थालेको छ । सर्लाहीका कतिपय नगरपालिका,गाउँपालिकामा सञ्चालनमा रहेको बर्थिङ सेन्टरमा लकडाउनको अवधिमा प्रसूति गराउनेको संख्यामा कमी आएको अस्पतालसँग तथ्यांक छ । कोरोना भाइरसको संक्रमणको जोखिमले गर्दा प्रसूति गराउन स्वास्थ्य केन्द्र पुग्नेको संख्यामा कमी आउन थालेको सर्लाही अस्पताल मलंगवाका चिकित्सकहरूको भनाइ छ । गर्भवती महिलाहरू नियमित चेकजाँच र प्रसूति गराउन जाने क्रम न्यून भएको छ । जिल्ला अस्पताल मलंगवाका स्रोत अनुसार स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेको संख्यामा निकै कमी आएको जमनकारी प्राप्त भएको छ । घरमै सुत्केरी गराउँदा तत्काल दिनुपर्ने सुईबाट शिशु र आमा वञ्चित हुने गरेका छन । घरमै सुत्केरी भएपछि आमालाई दिइने ‘अक्सिटोसिन इन्जेक्सन’बाट उनीहरू वञ्चित हुने भएकाले कालान्तरमा पाठेघरमा समस्या आउन सक्ने स्त्री एव्म प्रसुती रोग विशेषज्ञ डा. आशा झाले बताउनुभयो ।‘ अरूवेला प्रसूति गराउन सामान्य सवारीसाधनमा अस्पताल आउने गरे पनि अहिले एम्बुलेन्समा आउनुपर्ने बाध्यताले गर्दा घरमै प्रसूति गराउने बढेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *