कबिलासीमा ’लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बक्तृत्वकला समपन्न
सर्लाही,२१ मंसिर । सर्लाहीको कबिलासी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बक्तृत्वकला प्रतियोगीता समपन्न भएको छ । “प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ सुरुवात भएको छ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कबिलासी नगरपालिकाको आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरणमा प्रविधिको सहि प्रयोग विषयक बक्तृत्वकला प्रतियोगीता समपन्न भएको हो । नगरपालिका उपप्रमुख पुनम कर्णको अध्यक्षतमा समपन्न भएको उक्त प्रतियोगीतामा श्री मदनपुर माध्यमिक विद्यालय, श्री हेमपुर माध्यमिक विद्यालय,श्री सलेमपुर माध्यमिक विद्यालय,श्री पिपरीया माध्यमिक विद्यालय, ,श्री गैर माध्यमिक विद्यालय,श्री अगर्वा माध्यमिक विद्यालय र श्री सिरसिया माध्यमिक विद्यालयका छात्राहरुले भाग लिएका थिए ।
विशिष्ट अतिथिका रुपमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोले लैंगिक हिंसा कम गर्न सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउदै लैंगिक हिंसा नियन्त्रणमा नगरपालिकाले हर प्रयास गर्ने र यस क्षेत्रमा अग्रसर रहेका मानव अधिकारकर्मीहरु लगायत विभिन्न सघंसस्थासगँ सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नुका साथै विगतमा पनि ब्रह्मपुरी गाउँपालिकाले बजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरु सन्चालन गदैं आएको र आगामी दिनहरुमा पनि गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा मानव अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधी,सन्चारकर्मी,सुरक्षाकर्मी लगायतका उपस्थिती रहेको थियो ।

