एसईई परीक्षा नगरी विद्यार्थीलाई प्रमाणपत्र दिर्औं – प्याब्सन
काठमाण्डौं,२३ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले एसईई परीक्षा नगराइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन माग गरेको छ । प्याब्सनले मंगलबार विज्ञप्ति निकालेर कोरोनाको महामारीका कारण परीक्षा लिन असम्भव देखिएकाले आन्तरिक मूल्यांकन गरेर विद्यालयले परीमा पठाएको ग्रेड शीटका आधारमा प्रमाणपत्र दिन माग गरेको छ । यसका लागि कानुनी अड्चन फुकाइदिन पनि प्याब्सनले शिक्षा मन्त्रालयसमक्ष आग्रह गरेको छ । कोरोना भाइरसको कारण चैतमा हुनुपर्ने माध्यामिक शिक्षा परीक्षा एसईई रोकिएको छ भने सम्पूर्ण शैक्षिक गतिविधि बन्द छन् ।

