LatestNews

ईद भोली मनाइने, भोली सार्वजनिक बिदा

सर्लाही,११ जेठ । मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि सोमबार मनाउने भएका छन् ।शनिबार राति चन्द्रमा नदेखिएकाले ईद भोलिमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाशमा चन्द्रमा देखिनुपर्ने नियम रहेकोमा गए राति चन्द्रमा नदेखिएकाले भोलि मात्र मनाइने उहाँले बताउनुभयो ।भरे राति चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने छ । रमजानको व्रत ३० दिनभन्दा लामो नहुने र आज ३० औ दिन भएकाले भरे चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने उहाँको भनाइ छ ।यसैबीच नेपाली जामे मस्जिद राष्ट्रिय मुस्लिम आयोग लगायत संस्था र इस्लाम धर्मका अगुवाहरुले कोरोनाको जोखिम रहेकाले भोलि घरमै नमाज पढेर ईद मनाउन आग्रह गरेका छन् । सरकारले ईदको दिन सर्वाजनिक बिदा दिने घोषणा गरेको छ ।रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद उल फित्रका दिन मस्जिदमा गएर सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ । रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।यस्तै ईदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने चलन रहेकोमा यसपटक त्यो चलनको पालना नगर्न मुस्लिम आयोगले जनाएको छ ।इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार व्रत अर्थात् रोजा बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन ईद उल फित्र नमाज अदा गरेपछि एक महिना लामो उपवास समापन गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *