NewsSports

इंग्ल्यान्डलाई वर्ल्डकप जिताउने हन्टरको कोरोनाका कारण मृत्यु

एजेन्सी : कोरोना भाइरसका कारण इंग्ल्यान्डका एक पूर्वखेलाडीको मृत्यु भएको छ। ७६ वर्षीय पूर्वफुटबलर नर्मल हन्टरको कोरोनाका कारण शुक्रबार निधन भएको हो । इंग्ल्यान्डको रक्षापंक्तिका खेलाडी हन्टर सम्मितिल टोलीले १९६६ मा घरेलु मैदानमा भएकाे वर्ल्डकप जितेको थियो। इंग्ल्यान्डको सञ्चारमाध्यम मिडिया रिपोर्टस्का अनुसार हन्टरमा १० अप्रिलमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।  इंग्लिस प्रिमियर क्लब लिड्स युनाइटेडमा आबद्ध भएर व्यावसायिक फुटबल थालेका थिए उनले उक्त क्लबमा १४ वर्ष बिताएका थिए। त्यसक्रममा उनले लिड्सबाट ७ सय २६ खेल खेलेका थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *