LatestNews

आजफेरि थपिए सर्लाहीमा ८८ जना संक्रमीत, कुल संख्या २६३ पुग्यो

सर्लाही,२५ जेठ । सर्लाहीमा फेरि ८८ जना कोरोना संक्रमित थपिएका छन् । आज आएको पिसिआर रिपोर्ट अनुसार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । सबै भन्दा बढी जिल्लाको गोडैता नगरपालिकामा संक्रमित फेला परेको छ । गोडैतामा आज ५४ जना कोरोना संक्रमित थपिएको हो । त्यस्तै चक्रघटा गाउँपालिकामा १४ जना, बरहथवा नगरपालिकामा ७ जना, बलरा नगरपालिकामा ५ जना, विष्णु गाउँपालिकामा ६ जना र पर्सा गाउँपालिकामा २ जनामा आज कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । कोरोना संक्रमण पुष्टि भएको व्यक्तिहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएको थियो । संक्रमण पुष्टि भएका व्यक्तिहरु भारतबाट फर्किएका हुन । योसंगै सर्लाहीमा संक्रमितको संख्या २६३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *