News

सर्लाहीको बरहथवामा पिकअप दुर्घटनामा १ जनाको मृत्यु , ६ जना घाइते

सदाम हुसैन–
सर्लाही, २२ जेठ । सर्लाहीको बरहथवा नगरपालिका वडा नं.१२ लौकठमा आज मध्यान्ह प्रदेश २ ०३ ००१ ख ३५२३ नम्वरको पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घटनास्थलबाट उद्धार गरेर ल्याएकामध्ये १ जनालाई चिकित्सकले मृत घोषणा गरेका बरहथवाका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । मृतकको परिचय खुल्न बाँकी छ । चालकलाई सामान्य चोट मात्रै लागेको र अन्य घाइते ५ जनाको उपचार जारी रहेको डीएसपी मिश्रले बताए । घटनाको विस्तृत विवरण प्राप्त हुन बाकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *