भारतमा दुई साता लकडाउन थप्ने निर्णय
भारतको केन्द्रीय गृहमन्त्रालयले देश भर थप २ साता लक(डाउन लम्ब्याउने घोषणा गरेको छ ।४ मे देखि थपिने लक(डाउन १७ मे सम्म लागू हुनेछ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिले कोरोना संक्रमण कम रहेका क्षेत्रहरूमा भने लक(डाउन खुकुलो पारिने जनाइएको छ ।तर पूरै भारतमा हवाइजहाज, रेल, मेट्रो र अन्य आवागमन भने बन्द नै रहनेछन् ।यससँगै शिक्षण संस्था जस्ता मान्छेको भीड धेरै हुने ठाउँहरू पनि बन्द नै रहनेछन् । गृहमन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक कसैलाई बाहिर ननिस्कनसमेत भनेको छ ।

